सबैलाई ईद उल फितरको शुभकामना

सबैलाई ईद उल फितरको शुभकामना

सबैलाई ईद उल फितरको शुभकामना ..!!!

डा. अरुण कुमार सिंह,

बालरोग विशेषज्ञ

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान

 

नेपाल सरकारको सोमबार ईद उल फित्र को बिदा र बुधबार चुनाबको रहेको छ!सब लाई खुसी लगियो होला आखिर किन न होला बिदा को दिन काम बाट आराम र परिवारसग समय बिताउने मोका पाउनु पनि राम्रो कुरा हो !तर आफनो दुवै दिन बिदाको बिदा न भयको हुदा पनि मलाई निकै खुशी लगियो !सबको बिदा राम्रै होस् !मलाई बिदाको दिन बिरामीको सेवा गर्दा बिदा जस्तो नै लाग्छ !खुशीको दिन कोइ बिरामी न होस् हामो कामना !!

 

पाकिस्तानमा को लाहोरको किङ्ग एडवार्ड मेडिकल विश्वविद्यालय बाट मा MBBS ,MD पढे ,हो साचिकै ‘इद उल फितर’ को दिन सम्पूर्ण लहोरी को अनुहार मा खुसी हुन्छ !आज म धरान को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ को पद मा काम गरि रहे को छु !पाकिस्तानमा बितेको रामाइलो दिन कदापी भूलन सकिन !तसैले ‘इद उल फितर’ को बारे चर्चा गर्न चाहन छु !

आज नेपाल भरिका सम्पूर्ण मुस्लिम समुदायहरुले रबिबार साँझको चन्द्रमा हेरि सोमबार आफ्नो परम्परा अनुसार हर्षोल्लासका साथ पवित्र पर्व ईद उल फित्र मनाउँदै छन् । हिजो बेलुकिको चन्द्रमा हेरि एक महिने व्रत सकिएको छ ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
सबैलाई ईद उल फितरको शुभकामना ।