सबैलाई ईद उल फितरको शुभकामना

सबैलाई ईद उल फितरको शुभकामना

सबैलाई ईद उल फितरको शुभकामना ..!!!

डा. अरुण कुमार सिंह,

बालरोग विशेषज्ञ

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान

 

नेपाल सरकारको सोमबार ईद उल फित्र को बिदा र बुधबार चुनाबको रहेको छ!सब लाई खुसी लगियो होला आखिर किन न होला बिदा को दिन काम बाट आराम र परिवारसग समय बिताउने मोका पाउनु पनि राम्रो कुरा हो !तर आफनो दुवै दिन बिदाको बिदा न भयको हुदा पनि मलाई निकै खुशी लगियो !सबको बिदा राम्रै होस् !मलाई बिदाको दिन बिरामीको सेवा गर्दा बिदा जस्तो नै लाग्छ !खुशीको दिन कोइ बिरामी न होस् हामो कामना !!

 

पाकिस्तानमा को लाहोरको किङ्ग एडवार्ड मेडिकल विश्वविद्यालय बाट मा MBBS ,MD पढे ,हो साचिकै ‘इद उल फितर’ को दिन सम्पूर्ण लहोरी को अनुहार मा खुसी हुन्छ !आज म धरान को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ को पद मा काम गरि रहे को छु !पाकिस्तानमा बितेको रामाइलो दिन कदापी भूलन सकिन !तसैले ‘इद उल फितर’ को बारे चर्चा गर्न चाहन छु !

आज नेपाल भरिका सम्पूर्ण मुस्लिम समुदायहरुले रबिबार साँझको चन्द्रमा हेरि सोमबार आफ्नो परम्परा अनुसार हर्षोल्लासका साथ पवित्र पर्व ईद उल फित्र मनाउँदै छन् । हिजो बेलुकिको चन्द्रमा हेरि एक महिने व्रत सकिएको छ ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
सबैलाई ईद उल फितरको शुभकामना ।

नबजात शिशु हेरविचार

नबजात शिशु हेरविचार
डा. अरुण कुमार सिंह,
बालरोग विशेषज्ञ,  बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
नबजात शिशु हरु बारे जानकारी नभईको ले गर्दा दुख भोग्नु परे को देखीन्छ,यस्ता बाल बालिका  ओ.पी.डी.,इमेरजेन्सीमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान देखा पर्दछन । डाकटर साहेब हर्नुस मरो नबजात शिशु लाई कुन भ्याक्सिन खोप् दिने ,कुन खाने कुरा दिने आदि दूनुहु हामी हर्दा रहे को छ!साना शिशुको पर्याप्त हेरविचार अत्यावश्यक छ किनभने उनीहरू आफ्ना
बारेमा केही पनि बताउन सक्दैनन्!
ल पदनुस स्वथिय खबर मा
13501746_10208675606480934_554761353216074777_n

नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको संक्रमण) स्वास्थ्य

नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको संक्रमण)  स्वास्थ्य

नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको  संक्रमण) नवजात शिशुमा  गंभीर रोग र  मृत्युको  मुख्य कारण हो । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सबभन्दा बढी नवजात शिशु को मृत्युको मुख्य कारण न्यूटेलस सेप्टीसीमिया नवजात शिशुको  संक्रमण हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रमुख प्रो. डा. गौरीशंकर शाहका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बालबालिकाको उपचारको हरेक सुबिधा, वार्ड, इमरजेसी नेपालमा मात्र भएको बताउनु हुन्छ ।

नवजात शिशुमा नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको  संक्रमण)कहाँबाट आउने गर्छ ?
संक्रमण खासगरी आमाबाट आउने गर्दछ । आमालाई  ज्वरो, योनिको संक्रमण, पटक पटक असुरक्षित योनी परिक्षण, कुपोषण, इत्यादिले नवजात शिशुमा संक्रमण हुन्छ । जन्म पश्चात नाइटो (नाभी) को असुरक्षित औजारले काट्नु,  हाथ साफा नगरी नवजात शिशुलाई  छुनु, माया गर्नु आदि ।

नवजात नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको संक्रमण): कसरी चिन्ने ?
न्यूटेलस सेप्टीसीमिया (नवजात शिशुको  संक्रमण)को कुनै  विशिष्ट पहचान हुदैन । मात्र अनुमानको अधारमा कार्य गर्नु पर्छ ।

साधारण चिन्ह:
शरीरको तापमान काम हुनु, दूध नखानु, चिडचिडापन, धरै रुनु, शिथिल हुनु, स्वास प्रस्वासको गति एकदम कम र धेरै हुनु र जफती, रोगको अचानक आक्रमण, फोडा र फुंसी हुनु, नाल पाक्नु इत्यादी ।
संक्रमणको पहिचानकोलागि नवजात शिशुको रगत, पेशाव, एक्स–रे एवं रीढको  हड्डीबाट पानी निकाली जांच गर्नु पर्ने हुन्छ ।

उपचार:
नवजातमा साधारणत: संक्रमण तेजीले फैलिन्छ र ज्यान पनि जाने हुन्छ । त्यसैले नवजात शिशुलाई औषधि इंजेक्शनको रूपमा दिनु पर्ने हुन्छ । यसको उपचार कम्तिमा पनि १० देखि २१ दिन सम्म गर्नुपर्ने हुन्छ ।

गंभीर लक्षण:
नवजात शिशुको शिथिल, दौरा पडनु जफती, रोगको अचानक आक्रमण, बान्ता हुनु, पेट फुल्नु, शरीरमा सुन्निने, छालामा कडापन, तापक्रम कम हुनु या बढी हुनु ।


के नियोनेटल सेप्टीसीमिया (नवजात शिशुको  संक्रमण):रोगको रोकथाम संभव छ ?
हो रोकथाम संभव छ र उपचारको अपेक्षा बचाव नै बढी फाइदा गर्दछ । आमाको गर्भावस्थामा उपयुक्त आहार, आरामको आवश्यकता हुन्छ ।
आमालाई टिटानसको सुई गर्भावस्थामा दुई चोटी अनिवार्य लगाउनु पर्दछ पहिलो ४–६ माहिना र दोश्रो  पहिलो सुई लगाएको एक महिनापछि ।
आमालाई प्रशिक्षित परिचारिका, स्वास्थ्य कर्मी  एवं डाक्टरलाई देखाउनु पर्छ ।
योनी स्वच्छ र सफा राख्नु पर्दछ ।
गर्भावस्थाको अन्तिम तीन महीन सहवास अर्थात यौन सम्पर्क गर्नुहुँदैन ।
आमाको संक्रमणको तुरन्त उपचार गर्नु पर्छ ।
नवजात शिशुको सदैव साबुनले हाथ धोएर हेरचाह गर्नु पर्दछ ।
नियमित नुहाउने गर्नु पर्दछ । सफा लुगा लगाउनु पर्दछ ।

(डा. अरुण कुमार सिंह बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार

http://crimecheckweekly1.blogspot.com/2016/05/blog-post_35.html
neon